जाँचबुझ आयोगमा बयान दिदै कांग्रेस नेता लेखक



काठमाडौं, पुस १४ । निवर्तमान गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक आज जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा बयान दिने भएका छन्। आयोगले गत भदौ २३–२४ को घटनाबारे सोधपुछ गर्न उनलाई पुस १४ गते उपस्थित हुन भनेको थियो।

लेखकले आयोगको पत्र प्राप्त भएपश्चात आफू बयान दिन जाने जानकारी पार्टीलाई अघि नै गराइसकेका छन्। उनका सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे लेखक बयानका लागि आयोगमा पुग्नेछन्। सो समय उनी तत्कालीन गृहमन्त्रीका रूपमा जेनजी आन्दोलनका घटनासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने तयारीमा छन्।

बयान प्रक्रिया सकिएपछि दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी पनि प्राप्त भएको छ।

आयोगको सोधपुछ र बयानपछि लेखकले जेनजी आन्दोलन सम्बन्धी घटनाका बारेमा आफ्नो स्पष्ट मत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १५, सोमवार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको