समानुपातिकतर्फ ६४ दलको बन्दसूची , कुन दलको कति सिटमा उम्मेदवारी



काठमाडौँ, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत कुल ३,४२४ उम्मेदवारको नाम दर्ता भएको छ।

आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फ उपलब्ध सबै ११० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन्। बाँकी दलहरूले भने न्यूनतम १० जनादेखि अधिकतम १०१ जनासम्मको बन्दसूची पेश गरेका छन्। कानुनी व्यवस्थाअनुसार न्यूनतम ११ जना बन्दसूची पेश गर्नुपर्ने प्रावधान रहेकामा ६ वटा दलले ठ्याक्कै ११ जनाको मात्र सूची बुझाएका छन्।

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिममा नेपाली कांग्रेसले बन्दसूची दर्ता गराएको आयोगले जनाएको छ। कुल ६४ दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिन्हमा समानुपातिक निर्वाचनमा भाग लिन बन्दसूची बुझाएका छन्। बाँकी १० दल भने ४ वटा साझा निर्वाचन चिन्ह प्रयोग गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

आम जनता पार्टी र जनादेश पार्टी नेपाल ‘मोबाइल’ चिन्हमा, सचेतक नेपाली पार्टी र नागकिर सर्वोच्चता पार्टी नेपाल ‘सिंह’ चिन्हमा तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल ‘जाँतो’ चिन्हमा प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसैगरी नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल ‘बस’ चिन्हमा चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन आयोगले दलगत बन्दसूचीको विवरण सार्वजनिक गरेसँगै समानुपातिक प्रणालीमा कुन दलले कति सिटमा उम्मेदवारी दिएको भन्ने स्पष्ट भएको छ। प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सबै ११० सिटमा बन्दसूची पेश गरेका छन्।

यी हुन् बन्दसूची पेश गर्ने ५८ निर्वाचन चिन्हमा ६४ दल
नेपाल मजदुर किसान पार्टी ११० सिट
नेपाल लोकतान्त्रिक पार्टी १२ सिट
राष्ट्रिय जनमोर्चा ११० सिट
जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट
नेकपा माक्सवादी (पुष्पलाल) २० सिट
गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट
जनता समाजवादी पार्टी, नेपाल १०१ सिट
समावेशी समाजवादी पार्टी ३१ सिट
समावेशी समाजवादी पार्टी नेपाल १२ सिट
नेपाल जनता संरक्षण पार्टी १७ सिट
नागरिक शक्ति नेपाल २५ सिट
राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट
नेपाल जनमुक्ति पार्टी ११ सिट
मंगोल नेशनल अर्गनाइजेसन ११० सिट
उन्नत लोकतन्त्र पार्टी २२ सिट
जनता लोकतान्त्रिक पार्टी, नेपाल २५ सिट
पिपुल फस्ट पार्टी १८ सिट
नेपालको लागि नेपाली पार्टी ४३ सिट
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ११० सिट
त्रिमूल नेपाल २३ सिट
स्वाभिमान पार्टी ११ सिट
प्रजातान्त्रिक पार्टी नेपाल ४१ सिट
नेकपा (माले) ११० सिट
राष्ट्रिय उर्जाशिल पार्टी नेपाल ४६ सिट
एकल चिन्ह मोवाइल ११० सिट
राष्ट्रिय एकता दल ३२ सिट
राष्ट्रिय गौरब पार्टी २५ सिट
एकल चिन्ह जाँतो (चकिया) ११० सिट
श्रम संस्कृति पार्टी ११० सिट
नेशनल रिपब्लिक नेपाल २९ सिट
जनअधिकार पार्टी ११ सिट
राष्ट्रिय परिवर्तन पार्टी ४९ सिट
संसदीय लाकतान्त्रिक राष्ट्रिय मञ्च ११० सिट
नेपाल सद्भावना पार्टी ११० सिट
नेकपा (एमाले) ११० सिट
जनमत पार्टी ११० सिट
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७ सिट
नेपाली कांग्रेस (बिपी) ११ सिट
राष्ट्र निर्माण पार्टी नेपाल ३५ सिट
राष्ट्रिय जनता पार्टी नेपाल १२ सिट
नेपाल मातृभूमि पार्टी २० सिट
मितेरी पार्टी नेपाल ११० सिट
एकल चिन्ह जकर भएको सिंह २५ सिट
नेपाली जनश्रमदान संस्कृति पार्टी ११ सिट
बहुजन शक्ति पार्टी २० सिट
नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) ११० सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११० सिट
नेपाली जनता दल ११० सिट
जय मातृभूमि पार्टी ५५ सिट
राष्ट्रिय प्रजातान्त्रिक पार्टी ११० सिट
नेकपा (माओवादी) ११० सिट
सार्वभौम नागरिक पार्टी २८ सिट
प्रगतिशिल लोकतान्त्रिक पार्टी ११० सिट
नेपाल जनता पार्टी ६० सिट
एकल चिन्ह बस ११० सिट
संयुक्त नागरिक पार्टी ६१ सिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११० सिट
नेपाली कांग्रेस ११० सिट

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको