नबालिकालाई विवाहको प्रलोभन देखाइ बलात्कार



सप्तरी, पुस १५ । १२ बर्षीया नबालिकालाई विवाहको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा एक १७ बर्षीय नबालक पक्राउ परेका छन् ।
आईतबार पक्राउ परेका ति किशोरलाई सोमबार सप्तरी जिल्ला अदालतबाट जवजस्ती करणी मुद्दामा ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बिहेको प्रलोभन देखाई ललाई फकाई शनिबार ति किशोरी संग बलात्कार घट्ना भएको प्रहरीको भनाई छ ।

पीडित बालिकाले घट्नाबारे घरमा जानकारी गराएपछि अभिभावकले पीडक विरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित बालिकाको स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किशोरलाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
एक महिना अघि मात्र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका यस्तै प्रकृतीको घट्ना भएको थियो । उक्त घटनामा पनि विहेको प्रलोभन देखाई १४ बर्षीय छोरीको बलात्कार गरिएको भन्दै पीडित नाबालिकाका बुवाले प्रहरी उजुरी दिएका थिए । सो घट्नाको पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको