सप्तरी पुस १५ । केही दिन यता शीतलहर संगै बढेको चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि जिल्लामा एकपछि अर्को विद्यालय बन्द हुन थालेको छ ।
शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गर्न थालिएको सम्बद्ध पालिकाले जनाएको छ ।
मंगलबार सम्म जिल्लाका ७ वटा पालिकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै पालिका क्षेत्र भित्रका विद्याललयहरु पुस १८ गते सम्मका लागि सुचना जारी गरेर बन्द गरेको छ ।
राजविराज , कञ्चनरुप, डाक्नेश्वरी नगरपालिका र महादेवा,अग्नीसाइर कृष्णासवरण, रुपनी तथा राजगढ गाउँपालिकाले विद्यालय पठनपाठन कार्य बन्द रहने सुचना मार्फत जनाएको छ ।
वर्षे र हिउँदे विदाबाट कट्टा हुने गरी तत्कालका लागि विद्यालयहरु बन्द गरिएको सम्बन्धित पालिकाहरुले जनाएको छ । जिल्लामा विगत दुईसातादेखि चिसो बढेसँगै लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको हो ।




