राप्रपा र राप्रपा नेपालबीच आज एकता हुँदै



काठमाडौं, पुस १६ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा छाडेका कमल थापा आज पुनः राप्रपामै फर्किँदैछन्। दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह आयोजना हुँदैछ।

केही दिनअघि लिङ्देन र थापाबीच दुई बुँदे एकता सहमति भएको थियो भने एकीकरण अनुमोदनका लागि राप्रपा नेपालको मंगलबार बैठक पनि बसेको थियो।

झन्डै चार वर्षपछि दुई राष्ट्रवादी शक्ति एक भएर अघि बढ्ने तयारीको रूपमा आजको एकता घोषणा महत्वपूर्ण मानिन्छ।

एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका प्रदान गरेर पार्टी अघि बढाउने प्रतिवद्धता लिङ्देनले व्यक्त गरेका छन्। तर, राप्रपा नेपालबाट प्रतिनिधि सभाको समानुपातिक बन्द सूची अहिले पठाइएको छैन भने राप्रपाले पेश गरेको सूचीमा कमल थापाका समर्थकहरु समेटिएका छैनन्।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने, “महाधिवेशन ६ महिना पर सारिएको र निर्वाचनको माहोल भएको कारण हालसम्म पार्टी निर्माणमा सम्मानजनक हैसियतमा सक्रिय हुने तयारी मात्र भइरहेको छ।”

प्रकाशित मिति: २०८२ पुष १७, बुधवार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको