जनमत पार्टीले आज ‘धोती दिवस’ मनाउदै



जनकपुरधाम, पुस १७ । जनमत पार्टीले आज देशभरि ‘धोती दिवस’ मनाउन लागेका छन ।
सांस्कृतिक पहिचान र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न धोती दिवस कार्यक्रमको आयोजना गरिएको जनमत पार्टी सचिवालयले जनाएको छ।
आज दिउसो १ बजे माइतिघरमा धोती दिवस कार्यक्रमको आयोजन गरिएको हो । कार्यक्रममा पार्टीका नेताहरूलाई परम्परागत पहिरन धोती–कुर्ता लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन ।

धोती दिवस मनाउने मुख्य उद्देश्य नेपाली समाजमा मौलिक संस्कृति, पहिरन र परम्परागत पहिचानलाई संरक्षण गर्ने र नयाँ पुस्तामा यसको महत्त्व बुझाउने रहेको जनमत पार्टीले जनाएको छ। पार्टीका केन्द्रीय सदस्यहरूले भने, “हाम्रो सांस्कृतिक पहिचान हाम्रो असली शक्ति हो। यसलाई जोगाउने जिम्मेवारी हामी सबैको छ।”

कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता, स्थानीय नागरिक र विद्यार्थीहरू सहभागी भएका थिए। सहभागीहरूले रंगीन झाँकी, सांस्कृतिक नृत्य र परम्परागत गीत–संगीतको माध्यमबाट जनमानसमा सांस्कृतिक चेतना फैलाउने प्रयास गरेका थिए।

आजको कार्यक्रमपछि पार्टीले देशभरका शाखाहरूमा पनि सानो–सानो कार्यक्रम आयोजना गरी स्थानीय समुदायलाई सहभागी गराउने योजना बनाएको छ। जनमत पार्टीको यो पहलले सांस्कृतिक जागरणसँगै समुदायमा सकारात्मक संदेश फैलाउने अपेक्षा गरिएको छ।

धोती दिवसका अवसरमा पार्टीले सांस्कृतिक पहिरनको महत्त्व, राष्ट्रिय एकता र परम्परागत मूल्यहरूको संरक्षणमा सबै नेपालीलाई जागरूक हुन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ पुष १८, बिहिवार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको