निवर्तमान गृहमन्त्री लेखकमाथि लगाइएको स्थानहद फुकुवाको तयारी



काठमाडौं, पुस १७ । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार लेखकविरुद्ध लगाइएको स्थानहद हटाउने दिशामा आयोगले प्रक्रिया अघि बढाएको हो। आयोगले लेखकसँग दुई चरणमा छुट्टाछुट्टै बयान लिइसकेको छ।

बुधबार साँझ करिब साढे ७ बजेसम्म आयोगले लेखकसँग बयान लिएको थियो। यसअघि पुस १४ गते सिंहदरबारमा पनि आयोगले उनीसँग बयान लिएको जनाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले लेखकको बयान प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिएका छन्। बयानको काम सकिएसँगै अब स्थानहद फुकुवा गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।

यसअघि जेनजी आन्दोलनसँग सम्बन्धित प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी ९सीडीओ०, तत्कालीन गृहसचिवलगायतको समेत स्थानहद फुकुवा भइसकेको छ।

आयोगले घटनासँग सम्बन्धित अन्य पक्षमाथि पनि आवश्यक छानबिन जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष १८, बिहिवार १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको