टोकियो , पुस १८ । सन् २०२६ को सुरुवातसँगै एशियाली सेयर बजार सकारात्मक बनेको छ। यद्यपि, टोकियो र साङ्घाई बजार बिदा भएकाले कारोबारको मात्रा कम देखिएको छ। लगानीकर्ताहरू अहिले अमेरिकी वाल स्ट्रिटबाट आउने नयाँ संकेतको प्रतीक्षामा छन्।
गत वर्ष, २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो। अमेरिकाको एस एन्ड पी ५०० १६.४ प्रतिशतले बढ्यो भने नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो। बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट प्रदर्शन गरेको थियो।
एसियामा दक्षिण कोरिया, हङकङ र जापानका बजार पनि ठुलो उकालीमा रहे। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क ७५ प्रतिशतले, हङकङको हाङ सेङ २८ प्रतिशतले, र जापानको निक्केई २२५ २६ प्रतिशतभन्दा बढीले बढेको थियो।
विश्लेषक काइल रोड्डाका अनुसार, नयाँ वर्षको सुरुवातसँगै लगानीकर्ताको ध्यान मुख्यतः कृत्रिम बौद्धिकता ९एआई० र प्रविधि कम्पनीतर्फ रहेको छ। अमेरिकी अर्थतन्त्रको वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याजदर घट्ने अनुमानले बजारलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
भर्खरै हङकङमा बिरेन टेक्नोलोजिजको प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० पछि कम्पनीको सेयर ८० प्रतिशतले उकालो लागेको छ। साथै, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउँदा बाइडुको सेयर करिब ७ प्रतिशतले बढेको छ।
दक्षिण कोरिया, ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका बजारहरू पनि उकालोमा रहेका छन्। सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले बढेको छ। त्यस्तै, बहुमूल्य धातुमा सुनको मूल्य ०।६४ प्रतिशत र चाँदी १।५ प्रतिशतले वृद्धि भएको छ।
एआई र प्रविधि क्षेत्रमा लगानीको बढ्दो आकर्षणले बजारमा उत्साह थपेको विश्लेषकहरूको निष्कर्ष छ।




