घरजग्गाको कारोबार र उत्पादन घट्दा पनि आर्थिक वृद्धिदर साढे ४ प्रतिशत अनुमान



काठमाडौं , पुस  १८ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१\८२ को आर्थिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको आर्थिक वृद्धिदर उपभोक्तिको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ। यसअघि आर्थिक वर्ष २०८०\८१ मा आर्थिक वृद्धिदर ३.७ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५।२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहेको छ। प्रदेशस्तरमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत, कोशी प्रदेश १५.९ प्रतिशत र कर्णाली प्रदेश ४.२ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२\८३ मा आर्थिक गतिविधि सकारात्मक रहने अपेक्षा गरिएको छ। मुद्रास्फीतिको चाप कम रहँदा, इन्धन तथा खाद्य वस्तुको मूल्य घट्दा, जलविद्युत् उत्पादनमा वृद्धि हुँदा, पर्यटक आगमन बढ्दा र निर्यात–विप्रेषण बढ्दा आर्थिक वृद्धि औसतभन्दा बढी हुने राष्ट्र बैंकले जनाएको छ।

कृषि क्षेत्रमा प्रमुख बाली उत्पादन ३.७ प्रतिशतले बढ्दा ढाकेको भू–क्षेत्र २।२ प्रतिशतले घटेको छ। तरकारी उत्पादन १०.१ प्रतिशत, मसला उत्पादन ०.७ प्रतिशतले वृद्धि भए पनि फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ। पशुपालनमा दुध उत्पादन १।० प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १.० प्रतिशतले वृद्धि भएको छ।

उद्योग क्षेत्रको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको छ र औद्योगिक कर्जा कुल कर्जाको ३०.४२ प्रतिशत छ। सेवा क्षेत्रमा पर्यटक संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार पुगेको छ। घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त राजस्व १८.६ प्रतिशतले घटेको छ।

पूर्वाधारमा १२३५ कि।मि। कालोपत्रे सडक, २८७ कि।मि। ग्राभेल सडक र ३०१ कि.मि. नयाँ ट्रयाक निर्माण भएको छ।

बाह्य क्षेत्र र रोजगारीस् कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८ लाख ३९ हजार २६६ रहेको छ, जसमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २३.१ प्रतिशत छ।

राष्ट्र बैंकले औंल्याए अनुसार घरजग्गाको कारोबार र उत्पादनमा केही गिरावट भए पनि समग्र अर्थतन्त्र सक्रिय, तरलता पर्याप्त र आर्थिक वृद्धिदर साढे चार प्रतिशत नजिक रहने देखिएको छ।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको