रौतहट , पुस २० । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं। १ बाट पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ता को नाम प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय समिति बैठकले उक्त निर्णय गरेको एमाले रौतहटका अध्यक्ष सच्चिदानन्द साह ले जानकारी दिनुभयो । बैठकले रौतहट जिल्ला इन्चार्ज समेत रहनुभएका गुप्ताको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
गुप्ता २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट १ बाट एमालेका उम्मेदवार रहनुभएको थियो । उहाँले २६,९२२ मत प्राप्त गर्नुभयो, तर निर्वाचनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ३३,५२२ मतसहित विजयी हुनुभयो । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा गुप्ता र माधवकुमार नेपालबीच कडा प्रतिस्पर्धा भएको थियो, जसमा गुप्ता तीन सय मतले पराजित हुनुभएको थियो ।
त्यस्तै, नेकपा ९एमाले० रौतहट ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दनप्रसाद कुशवाहा को एकल सिफारिस भएको छ । रौतहट २ बाट एमालेले शैलेन्द्र कुमार साह, राजन यादव, गौरीशंकर प्रसाद जयसवाल, महम्मद अतिउल्लाह र मो फोजैल अहमद को नाम सिफारिस गरेको क्षेत्रीय संयोजक कृष्णनन्दन राम ले जानकारी दिनुभयो ।
एमाले रौतहट ४ बाट भने उम्मेदवारको नाम अझै टुङ्गो लाग्न सकेको छैन । नेकपा एमालेका केन्द्रीय सदस्य आरती भण्डारी का अनुसार उक्त क्षेत्रमा निर्णय प्रक्रिया जारी रहेको छ ।
यससँगै रौतहटमा एमालेले आफ्नो उम्मेदवार सूची तयार पार्दै निर्वाचनमा प्रतिस्पर्धाका लागि तयारी अघि बढाएको देखिएको छ ।




