सप्तरी, पुस २० । पत्रिकाको काम सकेर मोटरसाईकल चढेर घर हिडेका एक संचारकर्मी कारको ठक्करबाट घाईते भएका छन ।
शनीवार राती ८ बजेतीर हुलाकी सडक अन्र्तगत सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरीया चौक नजिकै भएको सो दुर्घटनामा गोरखापत्रका सप्तरीका कल्याणपुर सम्वाददाता विनय लाल कर्ण घाइते भएका हुन ।
ठक्करबाट घाइते भएका उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको छ । उनको खुट्टा, हात र ढाडमा चोट देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । ठक्कर दिने सेतो रंगको कार (नम्बर खुल्न नसकेको) लिएर चालक भागेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुृरीले जानकारी दिए ।
प्रहरीले घट्नास्थलबाट ठक्कर दिने कारको चक्कामा प्रयोग गरिने १ थान निशान कम्पनीको रिमकोभर समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक पुृरीले जानकारी दिए । ठक्करबाट पत्रकार कर्ण चढेको प्र२–०१–००३प.४४०३ नम्बरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ ।
दुर्घटनाको खबर पाएपछी घटनास्थलमा तत्कालै पुगेका पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले ठक्कर दिई फरार भएका चालक र गाडीको पत्ता लगाई कारवाही तथा घाइते पत्रकारको उपचार सहित क्षतिपुर्तीका लागी सकृय पहल गर्न स्थानीय प्रशासन संग माँग गरेका छन ।






