मादुरो पक्राउपछि अन्तरिम सरकारको नेतृत्व उपराष्ट्रपति डेल्सीलाई



एजेन्सी, पुस २०। भेनेजुएलाको राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरि अमेरिका लगेपछि अन्तरिम सरकारको नेतृत्व उपराष्ट्रपति डेल्सी रोड्रिग्जले गर्ने भएका छन ।

अमेरिकाको सैन्य कारबाहीपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको छ। अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासबाट न्यूयोर्क लगेको छ। यस घटनापछि देशको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठेको थियो।

वेनेजुएलाको शीर्ष अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्जलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। अदालतको निर्णय अनुसार देशमा परिस्थितिस्थिर नहुन्जेल डेल्सीले प्रशासनिक कामकाज सम्हाल्नेछिन्। अदालतले भनेको छ, “देशमा प्रशासनिक निरन्तरता र राष्ट्रको व्यापक सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति डेल्सी रोड्रिग्जले बोलिभेरियन गणराज्यको राष्ट्रपति पदभार ग्रहण गर्नुहुनेछ।”

डेल्सी २०१८ देखि भेनेजुएलाकी उपराष्ट्रपति हुन्। राष्ट्रपति पदको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई पहिलो विकल्पको रूपमा हेरेका थिए।

भेनेजुएलाको अर्थतन्त्र र खुफिया सेवामा समेत उनको निगरानी रहन्छ।

सत्ता हस्तान्तरणको प्रक्रियामा डेल्सीले अमेरिकी विदेश सचिव मार्को रुबियोसँग लामो फोन वार्ता गरेपछि राष्ट्रपति पद सम्हाल्न सहमति दिएकी छन्। यद्यपि उनले शपथ ग्रहण गरेपनि निकोलस मादुरो अझै वास्तविक राष्ट्रपति नै रहने बताएकी छन्।

विश्लेषकहरूका अनुसार यो कदमले देशमा प्रशासनिक निरन्तरता कायम राख्ने उद्देश्य राखेको छ। साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि विश्वास दिलाउन खोजिएको छ कि वेनेजुएलामा सत्ता रिक्तता वा अनिश्चितता नहोस्।

यस घटनापछि अमेरिकी–भेनेजुएला सम्बन्ध थप तनावपूर्ण बनेको छ, र विश्वव्यापी स्तरमा पनि यसको प्रभाव पर्न सक्ने चेतावनी जारी छ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार ०९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको