काठमाडौं, पुस २१ । सोमबार सेयर बजार सकारात्मक रह्यो र सबै मुख्य सूचक हरूमा वृद्धि देखियो। नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ अंकमा पुगेको छ। बजार खुलेदेखि नै दिनभर हरियो संकेत कायम रह्यो।
आज बजारमा कुल २१४ कम्पनीको मूल्य बढेको, ३७ कम्पनीको मूल्य घटेको र ८ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखियो। अघिल्लो दिन ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ।
विशेषतः उत्पादन तथा प्रशोधन समूहले सबैभन्दा उच्च ३।०५ प्रतिशत वृद्धि देखाएको छ। विशेषज्ञहरूले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएसँगै लगानीकर्ताबीच सकारात्मक माहोल र उच्च उत्साह बढेको विश्लेषण गरेका छन्।
बजारमा लगानीकर्ताहरूको आकर्षण उत्पादन, प्रशोधन, बैंकिङ र वित्तीय समूहमा देखिएको छ। यसले समग्र बजारमा स्थिरता र वृद्धिलाई बल प्रदान गरेको छ।
नेप्से बोर्डका अनुसार, बढ्दो कारोवार र सूचकको सकारात्मक गति लगानीकर्तामा भरोसा बढाउन सहयोग पुर्याएको छ। आगामी हप्तामा राजनीतिक र आर्थिक गतिविधिहरूले बजारलाई अझ प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लगानीकर्ताहरूले सेयर खरिद तथा बिक्री गर्दा सन्तुलित रणनीति अपनाउन सुझाव दिइएको छ। विशेषज्ञहरूले भने, “राजनीतिक वातावरण र निर्वाचनको तयारीले बजारमा अल्पकालीन उतार(चढाव ल्याउन सक्छ, तर दीर्घकालीन दृष्टिले उत्पादन तथा प्रशोधन समूहको वृद्धि लगानीका लागि सकारात्मक संकेत हो।”
यसरी सोमबारको कारोवारले सेयर बजारमा उत्साहजनक सुरुवात गरेको छ र आगामी दिनहरूमा पनि बजारमा सकारात्मक प्रभाव रहने अपेक्षा गरिएको छ।




