सिरहा , पुस २१ । मिर्चैया नगरपालिका अन्तर्गत बताहा खोलामा एउटा मोटरसाइकल फेला परेको छ।रातो नम्बर प्लेट (ज.६.प ५२३७) रहेको उक्त मोटरसाइकल लाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिई मिर्चैया प्रहरी थानामा लगेको छ।
प्रहरीका अनुसार मोटरसाइकल कसको हो, कसरी खोलामा पुगेको हो तथा यससँग कुनै आपराधिक गतिविधि जोडिएको छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीले खोलामा मोटरसाइकल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
पछिल्लो समयमा सिरहामा चोरीको घटनामा व्यापक वृद्धि भएको छ । हिजो मात्रै नागरिक समाजले चोरीको घटना नियन्त्रणको माग गर्दै प्रहरीमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।




