रास्वपाको राजनीतिक समायोजन घोषणा सभा आज



काठमाडौं, पुस २१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सोमबार बृहत् राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्दैछ। पछिल्लो समय पार्टी विस्तार र संगठन सुदृढीकरणलाई तीव्रता दिँदै आएको रास्वपाले विभिन्न राजनीतिक धारका नेता तथा अभियन्तालाई समेट्दै समायोजन प्रक्रिया अघि बढाएको हो।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहटरथारुवान आन्दोलनका अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी समायोजन तय भएको रास्वपाले जनाएको छ। यस समायोजनलाई वैकल्पिक राजनीति निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार समायोजन घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा हुनेछ। सभामा पार्टीका केन्द्रीय नेताहरू, नवसमायोजित नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।

यसैबीच, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोड्ने निर्णय गरेका हुन्। ती नेता तथा कार्यकर्ता आजको घोषणा सभामार्फत औपचारिक रूपमा रास्वपामा समायोजन हुने कार्यक्रम रहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट आएको समूह र थरुहटरथारुवान आन्दोलनका अभियन्ताहरूको सहभागिताले रास्वपाको संगठनात्मक आधार थप बलियो बन्ने अपेक्षा गरिएको छ। विशेष गरी मधेस र तराई क्षेत्रमा पार्टीको प्रभाव विस्तार हुने आँकलन गरिएको छ।

रास्वपाले समावेशी राजनीति, सुशासन र नयाँ राजनीतिक संस्कृतिको अभ्यासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको दाबी गर्दै आएको छ। आजको समायोजन घोषणा सभालाई पार्टीको आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २२, सोमवार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको