एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा



काठमाडौं, पुस २१ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। सोमबार जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनको क्रममा तोकेको स्थान हद फुकुवा गरेको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार जारी प्रेस विज्ञप्तिमा ओलीलाई स्थान हद फुकुवा गरिएको जानकारी दिइएको छ। यसअघि उनलाई असोज १२ गते विदेश जाने र अनुमति बिना काठमाडौं उपत्यका छाड्न रोक लगाइएको थियो।

आयोगले आइतबार ओलीसँग सोधपुछ र अन्य बुझ्ने कार्य पूरा भएको समेत जनाएको छ। यससँगै उनले लगभग सय दिनभन्दा बढी समय स्थान हदमा रहेका थिए।

केपी ओलीले यसअघि आफूमाथि स्थान हद लगाइएको विषयमा जानकारी समेत नपाएको बताउँदै आएका थिए। स्थान हद फुकुवापछि अब उनको गतिविधिमा कुनै कानुनी प्रतिबन्ध नरहने आयोगले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष २२, सोमवार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको