जनकपुरधाम, पुस २२ । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव अनिल महासेठ आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नं.३ बाट वैकल्पिक उम्मेदवारको रुपमा सिफारिस भएका छन ।
पार्टीका धनुषा अध्यक्ष रोजश चौधरीको हस्ताक्षर सहित केन्द्र लाई पठाइएको सिफारिस पत्रमा महासेठलाई धनुषा ३को वैकल्पिक उम्मेदवारको रुपमा अघि सारिएको हो । पार्टीले धनुषा ३ सहित ४ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नामावली सिफारिस गरेका हुन ।
जिल्ला कार्य समिति धनुषाको विस्तारित बैठकले केन्द्रीय कार्यालयको निर्देशनअनुसार सिफारिस गरेको उम्मेदवारहरुमा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ बाट संजय सिंह, क्षेत्र नं. २ बाट विनोद कुमार ठाकुर, क्षेत्र नं. ३ बाट पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा. राजिव झा एवं वैकल्पिक उम्मेदवारमा अनिल महासेठ तथा क्षेत्र नं. ४ बाट महावीर यादव र कलबदेव यादव रहेका छन ।
त्यसैगरी समानुपातिकतर्फ क्षेत्र नं. १ बाट राजाराम कापर र पुनम यादव, क्षेत्र नं. २ बाट विनिता कामत र विमल विराजी, क्षेत्र नं. ३ बाट चन्द्रेश्वर साह, सञ्जय गाडिया र शिवशंकर राउत , अपाङ्ग कोटाबाट भगत मण्डल , दलित महिलाबाट गुलो देवी पासवान तथा क्षेत्र नं. ४ बाट विजय यादव (अपाङ्ग), रामसागर दास (दलित) र ज्ञानकला कुमारी (महिला) सिफारिसमा परेका हुन ।
पार्टीले समावेशिता, क्षेत्रीय सन्तुलन र सामाजिक प्रतिनिधित्वलाई प्राथमिकता दिँदै उम्मेदवार चयन गरिएको जनाएको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषामा संगठन सुदृढ गर्दै निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारी गरिरहेको बताइएको छ।
महासचिव महासेठ सिरहाबाट समेत प्रत्यक्ष तर्फमा सिफारिस भएका छन । सिरहा कार्य समितिले महासेठलाई निर्वाचन क्षेत्र नंं. ४ बाट सिफारिस गरेका हुन ।






