बालेनले पठाए जेनजी आयोगमा लिखित जवाफ



काठमाडौं , पुस  २२।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा लिखित जवाफ पेश गरेका छन्। गत भदौ २३ र २४ गतेका घटनाबारे बुझ्न आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले अनलाइनखबरलाई बताए अनुसार, “उहाँले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ।”

आयोगले मेयर शाहसँगै गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान पनि संकलन गरिसकेको छ। आयोगले पहिले नै आन्दोलनसँग सम्बन्धित तथ्यांक तथा विवरण संकलन गरेको थियो।

जाँचबुझको क्रममा आयोगले तल्ला तहका सुरक्षा अधिकारी, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय र प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग बयान लिएको थियो।

त्यस्तै, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव र मुख्यसचिवलगायतसँग पनि बयान संकलन गरिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले आफ्ना अधिकारीहरूसहित आयोगमा उपस्थित भई बयान दिएका थिए। त्यस्तै, पूर्वगृहमन्त्री रवि लामिछाने लगायत सम्बन्धित व्यक्तिहरूसँग पनि आयोगले बयान लिएको थियो।

आयोगले सबै बयान र तथ्यांक संकलन गरिसकेपछि प्रतिवेदन लेखनको काम अघि बढाएको छ। आयोगका स्रोतका अनुसार, यस प्रतिवेदनमा जेनजी आन्दोलनसँग सम्बन्धित सबै घटनाक्रम, जिम्मेवारी र प्रशासनिक व्यवस्थापनबारे निष्कर्ष राखिनेछ।

विश्लेषकहरूका अनुसार, मेयर शाहको लिखित जवाफले आयोगको प्रतिवेदन तयार पार्ने प्रक्रियालाई थप पारदर्शी बनाउने र घटनाबारे वास्तविक तथ्य उजागर गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको