वीरगंज, पुस २२ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा जारी कर्फ्युलाई आज दिउँसो १ बजेसम्म का लागि थप गरेको छ। सुरक्षा अवस्था संवेदनशील रहेकाले कर्फ्युको समयावधि लम्ब्याइएको पर्सा प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार शान्ति, सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै कर्फ्यु आदेश निरन्तरता दिइएको हो। कर्फ्यु अवधिभर अत्यावश्यक सेवा बाहेक सवारीसाधन तथा सर्वसाधारणको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेको र अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने विषयमा निर्णय गरिने जिल्ला प्रशासनले जनाएको छ। स्थानीयबासीलाई अफवाहमा नपर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरिएको छ। समाजिक संजालमा हिन्दु देवी देउतालाई मुस्लिम समुदायका व्यक्तिले गरेको अभद्र टिप्पणी विरुद्ध आक्रोशित हिन्दु युवाहरुले मस्जिदमा गरेको तोडफोड गरेका थिए ।
सोही विषयलाई लिएर वीरगजमा मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दु भगाउ देश बचाउ सम्मका नारा लगाए पछि दुई पक्षबीच तनाव बढेको थियो । दुबै पक्षबीच तनाव बढेपछि पर्सा प्रशासनले हिजो देखी विरगंजगमा कफ्र्यु लगाउदै आएको छ ।




