भारत भ्रमणपछि प्रचण्ड आन्तरिक छलफलमा व्यस्त



काठमाडौं, पुस २२। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र आन्तरिक छलफलमा व्यस्त भएका छन्। दिल्लीमा आइतबार एकता सन्देश सभा सम्बोधन गरेका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए। दिल्ली बसाइको क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता भएको थियो।

प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफलमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ । स्रोतका अनुसार यसक्रममा अन्य दलका नेताहरुसँग समेत छलफल हुन सक्ने सम्भावना छ।

खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी भइरहेको छ। अनौपचारिक छलफलअनुसार, एमालेलाई ७/७ र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट दिने मोडेलमा सहमति हुने संकेत देखिएको छ।

तर प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारको आधारमा सिट बाँडफाँट गर्ने प्रस्ताव अघि सारेका छन्। शीर्ष नेताहरुको छलफलका स्रोतले प्रचण्डले भनेका छन्, “सम्मानजनक सिटमा सहमति भए राष्ट्रियसभामा मिलेर जान सकिन्छ।”

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार ०९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको