मुहार फेरिदै गजेन्द्र अस्पताल

लामो समय पछी पुनः सुचारु भयो एचडियु र एनआईसियु सेवा


सप्तरी, पुस २३ । जनशक्ती, उपकरण तथा उचित व्यवस्थापन हुन नसक्दा अस्तव्यस्त र आलोचना खेप्दै आएका सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मुहार फेरिने प्रयास थालिएको छ ।

लामो समयदेखी बन्द रहेको अस्पतालको एचडियु र एनआईसियु सेवाको बुधवार पृुनः सुचारु गर्दै मुहार फेर्ने प्रयास सुरु गरिएको हो । आवश्यक जनशक्तीको अभावमा अस्पतालको एचडियु सेवा विगत एक वर्ष देखी बन्द थियो । यस्तै सर्ट सर्किट तथा अन्य उपकरण र मेडिकल अफिसरको अभावमा विगत तीन महिना देखी बन्द रहेको एनआइसियु सेवा पनि बुधवार देखी नै पुनः सुचारु गरिएको छ ।

यस्तै १०/१२ दिन भित्रै अस्पतालबाट पहिलो पटक डेन्टलको ओपिजी र सिडिसिटी सेवा पनि सूरु गर्ने गरी तयारी अघि बढेको अस्पतालका नायब सुब्बा रेवन्त यादवले जानकारी दिए । उनका अनुसार डेन्टल तर्फको उक्त सेवा छिमेकी जिल्ला सिरहा र उदयपुरमा हाल उपलब्ध नरहेकाले त्यस भेगका विरामीलाई पनि उपचारका लागी सहज हुने भएको छ ।

१७ दिन अघि २०८२ साल पौष ६ गते मात्र हाजिर भएका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश कुमार मिश्रले सबैको साथ र सहयोग लिएर आपूले अस्पतालको मुहार फेर्ने र विरामीको विश्वास जित्ने प्रयास थालेको बताए ।

“पछिल्लो चरणमा लामो समयदेखी बन्द रहेको एचडियु र एनआइसियु सेवा सुचारु गरेका छौं, अबको केही दिन भित्रै डेन्टलको पनि नयाँ प्रविधीको ओपिजी र सिडिसिटि सेवा सुरु गर्छौ, उनले भने ।”

उनले अस्पतालका सबै चिकित्सक र कर्मचारीको सहयोगमा गुणस्तरीय सेवा प्रदान र सुधारका काम अघि बढेको बताए । अस्पतालका सबै चिकित्सक र कर्मचारीलाई समयको पालना र जिम्मेवारी बाँडफाँड गरी निगरानी बढाउँदै लगे पछी सेवमा सुधार हुदै गएको उनको भनाई छ ।

राजनीतिकरण र बेथितिको आहलमा डुबेको अस्पतालमा प्रमुख भएर आएको केही दिन मै उनले थालेको प्रयास प्रसंसनिय रहेको भन्दै स्थानीयले अस्पताल सुधारका लागी सूरु गरिएको प्रयासमा सबै पक्षले सकारात्मक सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याएका छन ।

प्रकाशित मिति: २०८२ पुष २४, बुधवार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको