काठमाडौं, पुस २३। आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ। कांग्रेस र एमालेसँग चुनावी गठबन्धनको प्रयास सफल नभएपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवार चयन गर्दै १७ सिटमा उम्मेदवारी दिएको जनाएको छ।
पार्टीले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै बाँकी सबै प्रदेशमा उम्मेदवार तय गरेको हो। नेकपाका अनुसार उम्मेदवार छनोट गर्दा प्रदेशीय सन्तुलन, समावेशी प्रतिनिधित्व र पार्टीभित्रको आन्तरिक सहमतिलाई प्राथमिकता दिइएको छ।
प्रदेशअनुसार नेकपाका उम्मेदवारहरू यसप्रकार छन्–
कोशी प्रदेश
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश प्रदेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती प्रदेश
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा
गण्डकी प्रदेश
कपिल लामा
(एक सिट खाली)
लुम्बिनी प्रदेश
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली प्रदेश
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम प्रदेश
टीकाराम जैशी
रोजी बस्नेत सुनार
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ। आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।
राजनीतिक दलहरूबीच सिट बाँडफाँड र चुनावी तालमेलका लागि छलफल भए पनि अन्तिम सहमति नजुट्दा नेकपाले आफ्नै उम्मेदवार मैदानमा उतार्ने निर्णय गरेको हो।
विश्लेषकहरूका अनुसार, नेकपाको यो कदमले राष्ट्रिय सभा निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।




