काठमाडौँ, पुस २६ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १५ वटा दल मिलेर बनेको नेकपाले हाल विभिन्न जिल्लामा एकता सन्देशका लागि सभाहरू गर्दै आएको छ।
रुकुम पश्चिममा आयोजित सभामा सहभागीहरूको उत्साहपूर्ण उपस्थितिले ध्यान खिचेको छ। यो जिल्ला रुकुम पूर्वबाट माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृह जिल्ला हो। शर्मा आफ्नो राजनीतिक आधारभुमि मानिने रुकुम पश्चिममा नेकपाको सभामा उपस्थित भएर पार्टी एकताको समर्थन गरेका छन्।
सभामा पार्टी नेतृत्वले एकताको सन्देश दिँदै आगामी निर्वाचन तयारी, संगठन सुदृढीकरण र सदस्यसम्पर्क अभियानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले पनि एकता सन्देशलाई समर्थन गर्दै पार्टीभित्रको एकजुटता र साझा लक्ष्यलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।
विश्लेषकहरूले यस सभा नेकपाले पार्टी एकताको सन्देश स्थानीय तहसम्म पुर्याउने रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन्। रुकुम पश्चिममा भएको उत्साहजनक सहभागिता आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीका लागि नेकपाको आत्मविश्वास बढाउने विश्वास गरिएको छ।
पार्टीले यस प्रकारका एकता सन्देश सभाहरूलाई देशका विभिन्न जिल्लामा निरन्तर गर्दै जाने योजना बनाएको छ, जसले दल एकता र साझा राजनीतिक एजेन्डालाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्य राखेको छ।




