जगद्गुरु श्री रामानन्दाचार्यको जन्म जयन्ती आज भव्यताका साथ मनाइदै



जनकपुरधाम, पुस २६ । वैष्णव सम्प्रदायका महान् सन्त तथा जगद्गुरु श्री रामानन्दाचार्यको जन्म जयन्ती जनकपुरधाममा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ आज भव्यताका साथ मनाइदै छ ।

श्री वैष्णव सङ्घ जनकपुरधामको आयोजनामा आज रामानन्द आश्रममा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने संघका अध्यक्ष रामरोशन दास वैष्णवले जनाएका छन । जन्म जयन्तिको अवसरमा आज विहान साढे ११ बजे देखी २ बजे सम्म मंगलगान तथा धर्मसभा, २ बजे देखी ३ बजे सम्म शोभा यात्रा, दिउसो ३ बजे देखी ५ बजे सम्म प्रसाद वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
साथै आज देखी २८ गते सम्म तुलसी स्मारक दिउसो ४ बजे देखी ७ बजे सम्म श्रीमद् भक्तमालाकथाको समेत आयोजना गरिएको छ ।
कार्यक्रममा साधु–सन्त, धर्मगुरु, विद्वान् व्यक्तित्व तथा भक्तजनहरूको उपस्थिति रहने छन ।

कार्यक्रममा जगद्गुरु श्री रामानन्दाचार्यले हिन्दू धर्मको प्रचार–प्रसारमा पुर्‍याएको योगदान बारे चर्चा गरिने छ ।

श्री रामानन्दाचार्यले जात–पात र भेदभावभन्दा माथि उठेर भक्ति मार्गमार्फत समाजलाई एकताबद्ध गर्ने सन्देश दिएको चर्चा गरिएको थियो। प्रत्येक वर्ष श्रद्धा र भक्तिभावका साथ उहाँको जन्म जयन्ती मनाइने परम्परा रहेको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष २७, शनिवार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको