काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल जारी रहँदा महाधिवेशनको अवधि बढाइएको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिँदै भने, “महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल घनिभूत रूपमा चलिरहेको छ। यो क्रम मंगलबारसम्म जारी रहनेछ। त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।”
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूले प्रस्ताव, प्रतिवेदन र नीति सम्बन्धी विषयमा विस्तृत छलफल गरिरहेका छन्।




