कांग्रेस विशेष महाधिवेशनले पारित गर्‍यो ‘केन्द्रीय कार्यविधि २०८२’



काठमाडौं, पुस २८। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले सोमबार भृकुटीमण्डपमा ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ पारित गरेको छ। कार्यविधि पारितसँगै अब विशेष महाधिवेशनका बाँकी कार्यक्रम र गतिविधि निर्धारित ढाँचाअनुसार अघि बढ्ने भएका छन्।

कांग्रेस प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कार्यविधि पारित भएपछि महाधिवेशनको सञ्चालन अझ व्यवस्थित र नियमित हुने अपेक्षा गरिएको छ। उनले बताए अनुसार, यस कार्यविधिको आधारमा प्रतिवेदन पेश गर्ने, प्रस्ताव पेस गर्ने र निर्णय गर्ने प्रक्रिया सबै स्पष्ट हुनेछन्।

कार्यविधिको प्रस्तावनामा उल्लेख छ कि, ‘नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा १७ को उपधारा ९२० बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनले आफ्नो कामकारबाहीलाई व्यवस्थित गर्न कार्यविधि बनाउनु आवश्यक रहेको थियो। विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी कार्यविधि लागू गरिएको हो।’

पारित कार्यविधिमा विशेष महाधिवेशन सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्थाका साथै प्रस्ताव, निर्णय र प्रतिवेदन पेश गर्ने नियमावली समावेश गरिएको छ। यसमा गणनात्मक संख्या, निर्वाचन समितिको गठन, मतदान प्रक्रिया र अन्य संगठनात्मक पक्षसमेत उल्लेख गरिएको छ।

विशेष महाधिवेशनका प्रतिनिधिहरूले अब यस कार्यविधि अनुसार छलफल, प्रस्ताव र मतदानमा सहभागी हुनेछन्। कार्यविधि पारित भएपछि महाधिवेशनको बाँकी कार्यक्रम सञ्चालनमा पारदर्शिता र एकरूपता सुनिश्चित हुने नेताहरूले बताएका छन्।

विशेष महाधिवेशनले पार्टीभित्रको संगठनात्मक ढाँचा सुदृढ गर्ने र आगामी राजनीतिक रणनीतिका लागि आधार तयार गर्ने उद्देश्य राखेको छ। आगामी दिनमा यस कार्यविधि अनुसार पार्टी विधान कार्यान्वयनमा थप गति आउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २९, सोमवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको