जनकपुरधाम, पुस २९ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच भएको एकतालाई अन्तिम रुप दिन जसपाका २१ र लोसपाका ७८ जनाले समानुपातिकको बन्द सूचिबाट नाम फिर्ता लिएका छन ।
नव गठित जनता समाजवादीपार्टीका अध्यक्ष उपेन्द्र यादव सहित निर्वाचन आयोग पुगेको टोलीले दुबै पार्टीको बन्द सूचिलाई एक बनाउने उद्देश्यका साथ उनिहरुको नाम फिर्ता लिएका थिए ।
पुस २७ गते भएको समझदारी अनुरुप दुबै पक्षले नाम फिर्ता लिएका हुन । लामो समयको छलफल पछि जसपा र लोसपा एकता सम्भव भएको छ । एकता पछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिन्ह छाता रहने सहमति गरेको हो । यसका साथै पार्टीको झण्डामा लोसपाले प्रयोग गर्दै आएको झण्डमा ढल्केको छाता राख्ने छन ।
४३ सदस्यीय केन्द्रिय कार्य सम्पादन समिति गठन गरेको जसपाले पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने सहमति गरेको छ।




