कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु



काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाएका छन्। भृकुटीमण्डपमा उम्मेदवारी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

संस्थापन पक्षीय नेताहरूसँग निरन्तर संवाद चलिरहेकै अवस्थामा निर्वाचनका कार्यक्रम पनि सँगसँगै अघि बढाइएको विशेष महाधिवेशन पक्षले जनाएको छ। पटक–पटक विभिन्न तहमा भएका छलफल निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले १३ जना पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ। साथै, उम्मेदवारी मनोनयन शुल्क पनि निर्धारण गरिएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ।

त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्ने जानकारी केसीले दिएका छन्।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको