कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति भंग, नयाँ समिति गठन



काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विशेष महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा निर्वाचन समिति भंग गरेर नयाँ समिति गठन गरिएको छ। नयाँ समिति डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा बनेको छ।

पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहेको बेला, डिएलएका अध्यक्ष केसीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।

नयाँ समितिमा अध्यक्ष सीताराम केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले यसबारे जानकारी दिइन्।

नयाँ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने, “तत्काल निर्वाचन प्रक्रिया सुरु गरिनेछ।” यसअघि निर्वाचन समिति संयोजक खम्ब खाती थिए।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको