कांग्रेस विशेष महाधिवेशन : भोलि मात्रै मतदान



काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले नयाँ नतेृत्वको लागि भोली मात्रै मतदान हुने भएको छ । उम्मेदवारी दर्ताको समय साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म थप भएपछि मतदान भोलीको लागि सारिएको हो । निर्वाचन समितिका संयोजक सीताराम केसीले भने, “अब समय थप हुनेछैन। मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गरिनेछ।”

विशेष महाधिवेशनको बन्द सत्र अहिले ९ घण्टा लगातार जारी छ। सचिवालयले जानकारी दिएको छ कि बन्द सत्रमा चिया वा खाना ब्रेक नगरी सञ्चालन भइरहेको छ। दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय सत्रमा उपस्थित छन्।

सचिवालयले जनाएको छ कि बन्द सत्र अझै दुई घण्टा चल्नेछ र सहभागी नेताहरूका सुझावहरू समेटिएपछि मात्र आजको सत्र सकिनेछ।

सीताराम केसीले भने, “साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। राति मतदान हुँदैन। भोलि बिहानबाट मतदानसहित कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ।”

यसअघि विशेष महाधिवेशनका बन्द सत्रमा विभिन्न तहका नेताहरूले उम्मेदवार र निर्वाचन प्रक्रियासम्बन्धी सुझाव पेश गर्दै आएका छन्। आज साँझ दुई महामन्त्रीले अन्तिम सम्बोधन गरेपछि मात्रै बन्द सत्र सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको