काठमाडौं, पुस २९ । सुनचाँदीको मूल्य पछिल्लो दिनहरूमा निरन्तर बढ्दै गएको छ। तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज एक तोला सुनको मूल्य २,७६,५०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ५,३४० रुपैयाँ तोलामा पुगेको छ।
गत आइतबार प्रतितोला सुनको मूल्य २,७०,६०० रुपैयाँ थियो। हिजो यो मूल्य २,७४,७०० पुगेको थियो, जसमा तोलामा ४,१०० रुपैयाँ वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४,९९० मा किनबेच भएको चाँदी हिजो ५,१९५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूले अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको बताएका छन्।
अन्तर्राष्ट्रिय बजार अनुसार आज एक औँस सुन ४,५८८ अमेरिकी डलरमा र चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




