चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै



जनकपुरधाम, पुस २९ । नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधिमन्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता नेपाल आउन लागेको हो ।

नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ । जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको