सभापतिमा गगन , महामन्त्रीमा विश्व प्रकाश र प्रदीपको उम्मेदवारी



काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि सभापतिमा नेता गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो।

निर्वाचन समितिका अनुसार हालसम्म सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ।

यसैबीच, कांग्रेसको नयाँ कार्यसमितिका लागि महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा गगन थापाको उम्मेदवारी दर्तापछि महामन्त्रीसहित अन्य पदमा पनि उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र बनेको छ।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच नेतृत्व व्यवस्थापन, अधिकार हस्तान्तरण र आगामी निर्वाचनको रणनीतिलगायत विषयमा सहमति जुट्न नसक्दा अन्ततः निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने अवस्थामा पार्टी पुगेको हो।

महाधिवेशन स्थल भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गर्ने नेताहरू र समर्थकहरूको चहलपहल बढेको छ। आजको मतदानले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ। आजै मतदानको तयारी समेत गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ १, बुधवार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको