नकाबधारी समूहले लुटे एसबीआई बैंकको ३ करोड



सिन्धुली, पुस ३० । काभ्रेको बनेपाबाट आएका नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकबाट मंगलबार साँझ करिब ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साँझ करिब ७ बजे नकाबधारीले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा रहेको रकम चोरी गरेका थिए। लुटपाट गर्ने समूह ६ जनाको रहेको अनुमान गरिएको छ।

घटनास्थलमा तत्कालै खोजतलास सुरु गरेपछि प्रहरीले नजिकैको जंगलबाट करिब १ करोड ८० लाख रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

साथै, प्रहरीले लुटेका व्यक्तिहरूलाई ल्याउने टाटा सुमो र त्यसको चालकलाई नियन्त्रणमा लिएको छ। चालक बनेपाका रहेको र सबै लुटेरा पनि बनेपाबाट नै सवार भएको एसपी सुवेदीले जानकारी दिए। बाँकी लुटेराहरूको खोजी कार्य भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र बाँकी आरोपीहरूलाई छिट्टै पक्राउ गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०८२ माघ १, बुधवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको