सप्तरी, माघ २ । फागुन २१ गते हुने प्रतिनीधीसभा निर्वाचनमा खटाईने म्यादी प्रहरी भर्नाको अन्तिम दिन सप्तरीमा १ हजार ६ सय ११ जनाले थप आवेदन दिएका छन ।
यो संगै जिल्लामा म्यादी प्रहरीका लागी आवेदन दिनेको संख्या ७ हजार ४ सय ४४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम दिन विहीवार माघ १ गते सम्म ६ हजार ५ पुरुष तथा १ हजार ४ सय ३९ महिला गरी कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन ।
जिल्ला निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशत्र प्रहरीका साथै ४ हजार २ सय २२ म्यादी प्रहरी परिचालन गर्ने तयारी छ । म्यादी प्रहरीका लागी माग गरिएको भन्दा दोब्बर आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक पुरीले म्यादी प्रहरीको छनौट प्रक्रिया माघ ५ गते देखि माघ ९ गते सम्म चल्ने छ । माघ १२ गते नतिजा प्रकाशित र त्यसपछि छनौटमा परेकाहरुलाई माघ १५ देखी माघ २४ गते सम्म आवश्यक तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाईने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अन्तिम छनौटमा परेका म्यादी प्रहरीेले ४३ हजार ७ सय ७६ रुपैया तलबको रुपमा पाउनेछन । यो आँकडा अनुसार ४ हजार २ सय २२ म्यादी प्रहरीलाई तलब राशन, पोशाक र दैनिक खाजा लगायतमा गरी १५ करोड ३७ लाख ७९ हजार ४ सय ७२ भन्दा बढी रकम लाग्ने प्रहरीको अनुमान छ ।






