आज मधेश स्थापना दिवस मनाइदै



जनकपुरधाम, माघ ३ । मधेश प्रदेशको नामाकरण भएको दिनलाई स्मरण गर्दै आज मधेश स्थापना दिवस मनाउने भएका छन ।

मधेश प्रदेश सभाको आयोजना आज दिउसो १ बजे मधेश स्थापना दिवस मनाउन लागेको सभामुख रामअशिष यादवले जनाएका छन ।

मधेश स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रममको आयोजना गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यस अघि जनता समाजवादी पार्टी नेपालले पार्टीकै संसदीय दलको आयोजनमा कार्यक्रम गर्ने भनिए पनि जसपाको नेतृत्वमै रहेको प्रदेशसभाले नै कार्यक्रम अयोजना गर्ने भनिएपछि पार्टीको कार्यक्रमलाई त्यसमै समाहित गरिएको जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले जनाएको छ।

२०७८ साल माघ ३ तीन तत्कालिन मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोजकुमार यादवको पहलमा दुई भन्दा बढी मतले प्रदेशको नामाकरण भएको थियो । सो दिन सदनमा उपस्थित ९९ सदस्य मध्ये ८० जना प्रदेशसभा सदस्यले नामाकरणको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति: २०८२ माघ ४, शनिवार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको