कृषि, उद्योग र स्मार्ट नगर निर्माणलाई प्राथमिकता दिँदै मिर्चैयाको हिउँदे नगरसभा सम्पन्न



श्याम कुमार ठाकुर
सिरहा, माघ ३ । मिर्चैया नगरपालिकाको १६ औँ हिउँदे नगरसभा कृषि, उद्योग र स्मार्ट नगर निर्माणलाई प्राथमिकता दिँदै मिर्चैयास्थित हिलपार्कमा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८२÷०८३ का लागि संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभामा प्रस्तुत गरिएको कुल बजेट ७५ करोड ८५ लाख ७९ हजार ७ सय ४ रुपैयाँ रहेको छ। जसअन्तर्गत चालु खर्च बजेट ४७ करोड ५० लाख १९ हजार ६ सय ९५ रुपैयाँ (६२.६२ प्रतिशत) र पुँजीगत बजेट २८ करोड ३५ लाख ६० हजार ९ रुपैयाँ (३७.३८ प्रतिशत) रहेको छ।

हिउँदे नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, औद्योगिक विकास, रोजगारी सिर्जना, शहरी पूर्वाधार विस्तार र डिजिटल नगर निर्माणलाई प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा निर्धारण गरिएको छ।

किसानहरूले प्रयोग गर्दै आएको कृषि मिटरको विद्युत् शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाइएको छ। साथै कृषि विद्युतीकरणका लागि खेत–खेतमा विद्युत् पोल विस्तार गरिनेछ भने सिँचाइ सुविधा अभिवृद्धिका लागि स्यालो ट्युबवेल, डिप बोरिङलगायतका योजना कार्यान्वयन गरिनेछ।
माछा, मासु, दूध, फूलजस्ता कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला विकास र भण्डारण व्यवस्थापनका लागि बजार व्यवस्थापन समिति गठन गरिने निर्णय नगरसभाले गरेको छ।

यसैगरि “स्थानीय औद्योगिक उत्पादनमा वृद्धि स् रोजगारी सिर्जना र समृद्धि” भन्ने मूल नाराका साथ स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको विकास र विस्तार गरिने नीति लिइएको छ। नगरभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यापार व्यवसायहरूको तथ्याङ्क अभिलेखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
आन्तरिक रोजगारी प्रवर्द्धनका लागि आन्तरिक रोजगार कार्यक्रम सञ्चालन गरिनेछ भने “श्रम संचार” नामक पोर्टललाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। साथै आगामी आर्थिक वर्षमा नगर प्रहरी पदपूर्ति गर्ने योजना पनि बजेटमा समेटिएको छ।

“घुमौँ मिर्चैया” अभियानलाई निरन्तरता दिँदै कलिदह, आकाशगंगा र हिलपार्कको पूर्वाधार विकासमा विशेष जोड दिइनेछ। वडा नं। ५, ६ र ९ मा रहेका कलिदह तथा हिलपार्कलाई पिकनिक स्पट, खुला जिम र चिल्ड्रेन पार्कका रूपमा विकास गरिने नीति लिइएको छ।

शहरी पूर्वाधारतर्फ मिर्चैयाको थाना चौकदेखि गद्रुी बजार, बरमबघादेखि लहदेवासम्म तथा रजैया सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाइनेछ। साथै वर्ता खोलाको पक्की पुल यसै वर्ष सञ्चालनमा ल्याइने जनाइएको छ।

शिक्षा क्षेत्रमा विद्यार्थी संख्याको आधारमा शिक्षक पूर्ति, अंग्रेजी माध्यमका लागि स्वयंसेवक शिक्षक व्यवस्थापन, डिजिटल स्मार्ट बोर्ड सञ्चालन, डेस्क–बेन्च अभाव अन्त्य तथा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने नीति लिइएको छ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योग शिविर सञ्चालन, योग भवन निर्माण, लागूऔषध तथा दुर्व्यसन न्यूनीकरणका लागि टोले–टोले बोल कार्यक्रम, सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

नगरपालिकाको सम्पूर्ण सेवा प्रवाहलाई डिजिटाइजेसन र पेपरलेस प्रणालीमा लैजाने, डिजिटल प्रोफाइल निर्माण गर्ने तथा न्क्ष्क् प्रविधिको प्रयोग गरी वडा सिमाना, सडक सञ्जाल र यातायात गुरुयोजना तयार गर्ने लक्ष्य लिइएको छ।
अनलाइन राजस्व संकलन, अनलाइन सिफारिस, बायोमेट्रिक हाजिरी प्रणाली, सूचना बोर्ड स्थापना गर्दै स्मार्ट नगर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणाली मार्फत व्यवस्थित गरिनेछ। जिन्सी प्रणालीको प्रयोग, लेखा शाखाका पुराना कागजातहरूको डिजिटाइजेसन तथा सबै आर्थिक र व्यापारिक क्रियाकलापलाई करको दायरामा ल्याएर आन्तरिक आम्दानी वृद्धि गर्ने नीति नगरसभाले लिएको छ।
नगरपालिकाका अनुसार १६ औँ हिउँदे नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटले मिर्चैया नगरपालिकालाई कृषि, उद्योग, पर्यटन र डिजिटल सुशासनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन मार्गचित्र तय गरेको

प्रकाशित मिति: २०८२ माघ ३, शनिबार ०७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको