काठमाडौँ, माघ ४ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको पदबाट राजीनामा दिने कदमसँगै स्वतस् कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, मेयर पद रिक्त भएमा उपमेयरले स्वतस् कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। यसैअनुसार उपमेयर डंगोलले काठमाडौं महानगरको प्रशासनिक जिम्मेवारी सम्हालेकी हुन्।
बालेन शाहले राजीनामा दिँदै रास्वपा कार्यालय पुग्नुअघि पदबाट छुट्टिएका थिए। उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए जहाँ कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिती रहेको थियो। दिउँसो १ बजे नै पुग्ने भनिए पनि राजीनामा प्रक्रिया र अन्य व्यवस्थाका कारण उनी केही ढिलो भएको जानकारी छ।
रास्वपा प्रवेश गरेपछि बालेन शाह झापा–५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने तयारीमा छन्। वर्तमानमा उनी पार्टीका वरिष्ठ नेता हुन् र पार्टीभित्र राष्ट्रिय राजनीतिक भूमिकामा सक्रिय रहने अपेक्षा गरिएको छ।

विश्लेषकहरूले सुनिता डंगोलको कार्यबाहक प्रमुखको रूपमा अनुभव र नेतृत्वलाई काठमाडौं महानगरको प्रशासनलाई स्थिर र सुचारु रूपमा सञ्चालन गर्ने दृष्टिले महत्वपूर्ण ठानेका छन्। उनले नगरको विकास, पूर्वाधार, डिजिटल सेवा र नागरिक सहभागितालाई प्राथमिकता दिने बताइएको छ।
बालेन शाहको राजीनामा र उपमेयर डंगोलको कार्यबाहक प्रमुखमा नियुक्तिले काठमाडौं महानगरपालिकाको प्रशासनिक ढाँचामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। यसले आगामी निर्वाचन र नगर प्रशासनको कार्यशैलीमा तत्काल प्रभाव पार्ने अनुमान गरिएको छ।







