मनोज माझी
सप्तरी, माघ ४ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा एमाले बाट प्रतिनिधिसभा चुनाव लडन अस्वीकार गरेका छन ।
नेकपा एमालेको केन्द्रिय कमिटीले सिंहलाई सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट गएराति मात्रै उम्मेदवारको लागि सिफारिस गरेको थियो ।
तर पूर्वमुख्यमन्त्री सिंहले आफनो समाजिक संजाल फेसबुक मार्फत आफु स्वाभिमान पार्टीबाटै चुनाव लडने जनाएका छन । मधेश टुडे संग कुरा गर्दै पूर्व मुख्यमन्त्री सिंहले आफु कहिल्यै पनि एमाले बाट चुनाव लडने नबताएको उल्लेख गरेको छन ।
उनले भने,‘ पहिले पनि कुरा भएको म आफनै पार्टीबाट चुनाव लडछु, तर कसरी एमालेको लिष्टमा मेरो नाम आयो मलाई थाहा छैन ।’ आफु स्वाभिमान पार्टीबाट चुनाव लडने र एमालेले आफुलाई समर्थन गर्ने उनले विश्वास व्यक्त गरेका छन ।
२०७९को प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट बाट जितेका सिंह मुख्यमन्त्री बनेपछि जनमत पार्टीले नै समर्थन फिर्ता लिएका कारण उनलाई अन्तिम समयमा पदबाट राजिनामा दिन बाध्य भएका थिए । मुख्यमन्त्रीबाट राजिमान दिए लगतै सिंहले जनमतका अध्यक्ष डा. सिके राउत विरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका थिए ।








