काठमाडौं , माघ ५। नेपाल प्रहरीमा आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अरुण पौडेल, जयराज सापकोटा, दिनेशकुमार आचार्य र दीपक रेग्मीको सरुवा गरिएको हो। यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधवप्रसाद श्रेष्ठ र राजेन्द्रप्रसाद भट्ट पनि नयाँ जिम्मेवारीमा खटाइएका छन्।
सरुवाअनुसार अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, दिनेशकुमार आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा र दीपक रेग्मीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।
त्यसैगरी दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, लाजिम्पाटमा, माधवप्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा र राजेन्द्रप्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा सरुवा गरिएको छ।

प्रहरी संगठनको कार्यसम्पादन थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाइएको छ।







