निर्वाचनको मुखमा पुर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले



सप्तरी, माघ १९ । प्रतिनिधी सभा निर्वाचन नजिकीदै गएका बेला एमालेका नेता एवं पूवमन्त्री जीतेन्द्र नारायण देवले पार्टी परित्याग गरेका छन ।

सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टी परित्यागको घोषणा गरेका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र हैकमवादी चलाएको, जनभावनाको कदर नगरेको तथा एकल र मनपरी ढंगले पार्टी चलाएको प्रमुख आरोप लगाएका छन ।

यस्तै देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र तथा बेरोजगारी विरुद्ध भदौ २३ गते भएको जेनजी आन्दोलन आक्रोसको विष्फोट भएपनि अध्यक्ष ओली सच्चिनुका सट्टा यसलाई “विदेशी षडयन्त्र” भन्ने र पार्टीलाई ब्यक्तीवाद र देवत्वकरण तीर स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी चलाएको उनले राजीनामाको अर्काे कारण देखाएका छन ।

उनले एमाले संघियता विरोधी पार्टी भएको आरोप लगाउदै उक्त पार्टीमा वसेर काम गर्न समस्या परेकाले आजैका मिति देखी पार्टीको सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन ।

राजविराज १६ निवासी उनले आगामी राजनिती यात्राको निर्णय सम्पुर्ण साथी भाई, शुभचिन्तकको सल्लाह सुझाव अनुसार फागुन ७ गते भित्रै लिने जानकारी समेत गराएका छन । हालै सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशनमा उनी इश्वर पोखरेल समुहबाट केन्द्रीय सदस्य पदका उम्मेदवार थिए ।

आफ्ना प्रतिद्वन्दी पोखरेलको समुहमा लागेपछि एमाले अध्यक्ष ओली सित देवको दुरी बढेको थियो । प्रतिनीधी सभा निर्वाचन नजिकीदै गएका बेला देवको पार्टी परित्यागले एमालेलाई जिल्लामा घाटा पु¥याउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ २०, सोमवार १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको