जनकपुरधाम, माघ ५ । चुनावी उद्घोष कार्यक्रमलाई सम्बोधन गर्न आइतवार जनकपुरधाम आइ पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज बिहानै जानकी मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका छन्।
बालेन पूर्वसांसद डा. अमरेश सिंहसँगै जानकी मन्दिर पुगेका थिए। उनीहरू दुवैले आरती अवलोकन गर्दै जानकी मन्दिर परिसरमा केही समय बिताएका थिए।
जानकी मन्दिर दर्शन पछि बालेन्द्र शाह लहान स्थित शहीद स्मारकमा माल्यार्पण माल्यार्पण गरेका छन। शहीद स्मारकमा माल्यार्पण पछि बालेन्द्र जनकपुरधाम फर्केर चुनावी उदघोष कार्यक्रममा सहभगी हुने रास्वपाले जनाएको छ।
उक्त कार्यक्रममा डा. अमरेश सिंह सहितका नेताहरु रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । जनकपुरको कार्यक्रम सकेर बालेन्द्र झापा प्रस्थान गर्ने छ । झापा ५ बाट प्रतिनिधिसभा चुनाव लडने बालेनले तयारी गरेका छन ।





