रिट फिर्ता लिए देउवा समूहलाई पनि टिकट दिन गगन तयार



काठमाडौं , माघ ५। नेपाली कँग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिए देउवा समूहको नेताहरुलाई समेत टिकट दिन तयार रहेको जनाएको छ । आन्तरिक कलहका बीच २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणको तयारी अन्तिम चरमा रहेको बेला गगनले यष्स्तो प्रसताव गरेका हुन । मंगलबार मनोनयन दर्ता हुनुपर्ने भएकाले आजै टिकट टुंगो लगाउने प्रयास भइरहेको छ।

तीन गुटका नेताहरू—गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूह—बीच टिकट मिलान र विवाद समाधानका लागि छलफल भइरहेको छ। तर अहिलेसम्म कुनै स्थायी सहमति भने भएको छैन।

निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन समूहले पार्टीको टिकट लिएर निर्वाचन लड्नको लागि सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनुपर्ने सर्त राखेको छ। यसबारे एक नेताले भने, “विशेष महाधिवेशनको नेतृत्व स्वीकार गरेर गगन थापाको हस्ताक्षरसहित टिकट लिएपछि विशेष महाधिवेशनको मान्यता स्वीकृत भएको हुन्छ। यता सभापति स्वीकारेर टिकट लिने भए विशेष महाधिवेशन अवैध भनेर अदालत जानुपर्ने छैन।”

गगन समूहले राखेको सर्तबारे देउवा–शेखर समूहका नेताहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। आज बिहान पनि नेताहरूबीचको बैठक जारी रहेको छ।

आइतबार राति भएको छलफलमा मधु आचार्य र देवराज चालिसे गगन थापा समूहबाट, रमेश लेखक देउवा समूहबाट र मिनेन्द्र रिजाल शेखर कोइराला समूहबाट सहभागी भएर विवाद समाधानका प्रयास गरेका थिए। बैठकले अन्य विवादित विषयमा पूर्ण सहमति नपाए पनि निवर्तमान सांसद र दाग नलागेका उम्मेदवारलाई टिकट दिने विषयमा गगन समूह तयार भएको बताइएको छ।

स्रोतका अनुसार, आजको बैठकले निर्वाचनका लागि टिकट वितरण प्रक्रिया अझै अघि बढाउनेछ र आगामी केही दिनमा औपचारिक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ६, सोमवार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको