समावेशी, सन्तुलित र न्यायपूर्ण उम्मेदवार चयन हुन्छ : सभापति थापा



काठमाडौँ, माघ ५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया समावेशी, सन्तुलित र न्यायपूर्ण हुने बताएका छन।

सोमबार सामाजिक सञ्जालमार्फत् सभापति थापाले उम्मेदवार चयनका विषयमा सबैसँग छलफल भइरहेको र भोलिसम्म टुंगोमा पुग्ने जानकारी दिए। उनले भने, “हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ(आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।”

पार्टीभित्र देखिएका छलफल र असन्तुष्टि स्वाभाविक भए तापनि त्यसले चुनावी अभियानमा असर नपार्ने सभापति थापाले बताए। उनले सबै नेता–कार्यकर्तालाई पार्टी निर्णयलाई सम्मान गर्दै संगठन र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन आग्रह गरे।

“नेपाली कांग्रेसलाई बलियो बनाउन सबैको एकता र समर्पण आवश्यक छ,” उनले जोड दिए। सभापति थापाले उम्मेदवार चयन प्रक्रियामा पारदर्शिता र न्याय सुनिश्चित गर्न पार्टीभित्रको छलफललाई पूर्ण रूपमा सम्मान गरिने बताए।

यससँगै पार्टीका नेता–कार्यकर्ताले आफ्ना क्षेत्रहरूमा गएर आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर चुनावी तयारीमा जुट्न लागेका छन्।

प्रकाशित मिति: २०८२ माघ ६, सोमवार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको