अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा



काठमाडौं, ६ माघ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सोही मन्त्रिपरिषद्मा रहेका चार जना मन्त्रीले राजीनामा दिँदै निर्वाचनमा सहभागी भएका हुन्।

आज बिहान मात्रै राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रिएका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिँदै सिराहा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गरेका छन्।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ताको अन्तिम दिन रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। समानुपातिकतर्फको मनोनयन प्रक्रिया भने गत पुस १३ र १४ गते सम्पन्न भइसकेको छ।

अन्तरिम सरकारका मन्त्रीहरू प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक गतिविधि थप चर्किने देखिएको छ।

प्रकाशित मिति: २०८२ माघ ७, मंगलवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको