जनकपुरधाम, माघ ६ । नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट सहमहामन्त्री मुक्ता यादवको टिकट खोसेको छ । नेपाली कांग्रेस संसदीय बोर्डले धनुषा निर्वचनत क्षेत्र नं. १ बाट मुक्ता यादवको टिकट कन्फर्म गरेपनि अन्तिम समयमा रामपल्टनले बाजी मारेका छन ।
मुक्ता विशेष महाधिवेशन बाट सहमहामन्त्री निर्वाचित भएकी छिन भने रामपल्टन समेत विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । दुबै जना गगन समूहकै भएपनि अन्तिम समयमा रामपल्टन बाजी मार्न सफल भएका हुन ।
नेपाली कांग्रेसकी चर्चित अनुहार मुक्ता आउट र रामपल्टन इन भए पछि नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्वर १ को समीकरणमा फरक पर्ने विषेशज्ञहरुको भनाई छ । राम पल्टन उम्मेदवार रहेको नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले मधेश टुडेलाई जानकारी दिएका छन् ।




