एमालेले टुङ्गो लगायो धनुषाका ४ वटै उम्मेदवार



जनकपुरधाम, माघ ६ । नेकपा एमालेले धनुषाका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेले निर्वाचन क्षेत्र नम्वर १ वाट रामचन्द्र मण्डल, २ वाट उमाशंकर अरगरिया ३ वाट जुली महतो र ४ वाट रघुवीर महासेठलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार बनेका मण्डल यस भन्दा पहिला मधेश प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका पूर्व सभामुख हुन भने २ वाट उम्मेदवार बनेका उमाशंकर अरगरिया नेपाली कांग्रेसका नेता रामकृष्ण यादववाट झिनो मतान्तरले पराजित भएका उम्मेदवार हुन भने धनुषा ३ वाट उम्मेदवार बनेकी जुली महतो अनिल झालाई भारी मतान्तरले पराजित गरेकी उम्मेदवार हुन ।

रघुवीर महासेठ नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गरेका उम्मेदवार छन् ।

नेकपा एमालेल धनुषाका ४ वटै निर्वाचन क्षेत्रमा हैवी क्यान्डिडेट दिएका छन् ।

प्रकाशित मिति: २०८२ माघ ७, मंगलवार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको