जनकपुरधाम, माघ ७ । नेकपा एमालेका सचिव महेश बस्नेतले मैथिली भाषा र भाषीलाई अपमानित गरेको भन्दै समाजिक संजालमा आलोचना चुलिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं काठमाडौ महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाह बालेन माघ ५ गते जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्दै आफलाई मधेशको छौरा भनेर उल्लेख गरेका छ ।
बालेनको सोही अभिव्यक्तिलाई वंग्याउदै बस्ने मधेशको छाउरा भनेर टिप्पणी गरे पछि उनको आफनै पार्टी नेता कार्यकताले समेत आलोचना गरेका छन । उनले भक्तपुरमा सम्बोधन गर्दै भनेका छन ,‘ छाउरा भनेको के हो ? थाहा छ नी ।’ अनि सहभागीहरुले भनेका छन ,‘कुकुरको बच्चा’ ।
महेश बस्नेतको यही अभिव्यक्तिलाई लिएर अहिले समाजिक संजालमा आलोचना हुन थालेका छन ।

नेकपा एमालेकै पूर्व केन्द्रिय सदस्य अरविन्द सिंहले समाजिक संजालमा लेखेका छन ,‘ गुण्डुको गुण्डाले आफनो भाषा सुधारोस् नत्र ‘लातके भूत बात से ना मानी तब ओकर निमन से हिसाब किताब होइ ।’
यता एमाले धनुषाक नेता शम्भु साहले बस्नेतको आलोचना गर्दै समाजिक संजालमा लेखेका छन । ‘ एमाले पार्टीको मधेसप्रतिको दृष्टिकोण, व्यवहार र प्रयोग हुने भाषामा सुधारको आवश्यकता छ।
निर्वाचनको समयमा बालेन्द्र साहलाई आलोचना गर्ने क्रममा फेरि मधेशी समुदाय र तिनको भाषामाथि टिप्पणी गर्ने प्रवृत्ति देखिएको छ।
नेपाली भाषामा ‘छोरा’ शब्द जस्तै, मैथिलीमा ‘छौड़ा’ वा मधेस क्षेत्रमा सामान्य रूपमा ‘छौरा’ शब्द प्रयोग हुन्छ, जसको अर्थ छोराछोरी वा युवा जनतालाई बुझाउँछ ।’
साहले अघि भनेका छन , कमरेड तपाईं पार्टीको सचिव, राष्ट्रिय स्तरको नेतृत्वमा रहेको व्यक्तिले पनि मैथिली भाषा र मधेशी संस्कृतिको शब्दलाई अपमानजनक रूपमा प्रस्तुत गर्नु दुःखद विषय हो। यो कुनै भाषिक भूल मात्र नभई मधेशी पहिचान र अस्मितामाथि लक्षित आघातको रूपमा पनि देखिन्छ।’
बस्नेतको पछिल्लो अभिव्यक्ति र त्यसप्रति समाजिक संजालमा भइ रहेको अलोचनाले अगामी निर्वाचनमा मधेशमा पुनः क्षति हुने आकलन गरिएको छ ।







