जितेश यादव
सर्लाही , माघ ८ । सर्लाहीको धनकौल -३ स्थिति श्री अनपुर्ण चिनि उधोगमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।
बिहिवार ८ बजेको समयमा धनकौल -४ महिनाथपुरका बिकाउ रायको अन्दाजी १९ बर्षिय छोरा चुनचुन रायको खोवा बनाउने क्रममा मेसिनमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगि मुचुल्का कार्य गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाईएको छ।






