राष्ट्रियसभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल



सुर्खेत ,माघ १० । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवार लाई विजयी बनाउने अपिल गरेको छ।

कर्णाली प्रदेशसभा भवनमा आज बसेको संसदीय दलको बैठकले ११ माघ (भोलि) हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबैसँग अपिल गर्ने निर्णय गरेको हो।

बैठक एमाले संसदीय दलका नेता एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले कँडेलको नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित हुनुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

त्यसैगरी बैठकले आगामी १८ माघदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्य सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको जनाएको छ।

एमाले संसदीय दलको यो अपिलले आगामी राष्ट्रियसभा निर्वाचनमा सहयोग र एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ११, शनिवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको